२०७९ असोज १४ गते ११:१६ विकासन्युज
काठमाडौं । दशैंलाई लक्षित गर्दै कोका–कोला नेपालले मास्टर सेफ विजेता सन्तोष शाहसँग मिलेर दशैं विशेष ५ वटा रेसिपीहरु तयार गरेको छ । यो विशेष रेसिपीमा दशैंमा विशेष खाइने सेल रोटी, खसीको पक्कु, आलुरकटहरको अचार, मालपुवा र भरेको पर्वल बनाउने तरिका समावेश गरिएको छ ।
सबै जनाले सजिलैसँग बनाउन सक्ने भएकोले यी रेसिपीहरु दशैंको लागि अत्यन्तै उपयुक्त रहेको सेफ शाह बताउँछन् ।
कोका–कोला बोतलको लेबलमा भएको क्युआर कोड स्क्यान गरेर यी रेसिपी भिडियोहरु हेर्न सकिनेछ भने कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा पनि यी रेसिपी भिडियोहरु उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
यसको साथै उपभोक्ताहरुले आफुले बनाएको परिकारको भिडियो कोका–कोला नेपाल र सेफ सन्तोष शाहलाई ट्याग गरेर आफ्नो सामाजिक सञ्जालमा राख्न सक्नेछन् । यसरी भिडियो राख्ने मध्य ३ जना भाग्यशाली विजेताहरुले सेफ सन्तोष शाहसँग भेट्ने मौका पनि पाउनेछन् ।
कोकाकोलासँगको सहकार्यको बारेमा बोल्दै सेफ सन्तोष शाहले ५ रेसिपीमा आफ्नै विशेष तरिका र सामानहरु पनि थपेको बताए । ‘यो रेसिपीमा मैले आफ्नै विशेष तरिका अथवा सामानहरु पनि थपेको छु, आशा छ, यहाँँहरुले पनि आफ्नो प्रियजनहरुसँग यो रेसिपी बनाउनुहुनेछ र सँगै बसेर रमाइलो गर्दै खानुहुनेछ। यसरी यी परिकारहरु बनाएको भिडियो चाँहि सामाजिक सञ्जालमा पनि राख्नुहोला,’ उनले भने ।
यस्तै कोका–कोला नेपालका कन्ट्रि डाइरेक्टर आदर्श अवस्थी मास्टर सेफ सन्तोष शाहसँग मिलेर दशैं विशेष परिकारहरुको रेसिपी प्रदान गर्न पाउँदा उत्साहित भएको बताए । ‘हामीलाई आशा छ वहाँँहरुले पनि यी रेसिपीहरु बनाउनु हुनेछ र चिसो कोका –कोलासँग स्वाद लिनुहुनेछ,’ उनले भने ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.