दशैंभर तीन प्रकारको सेवा दिँदै आईएमई जनरल इन्स्योरेन्स

  २०७९ असोज १३ गते १६:३१     विकासन्युज

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले दशैंभर विभिन्न प्रकारको बीमा सेवा दिने भएको छ । दशैंको अवसरमा असोज १६ गतेदेखि २१ गतेसम्म शाखा बन्द भएपनि इन्स्योरेन्सले भने भर्च्युअल रुपमा बीमालेख, बीमादावी र औषधोपचार बीमा दावी सम्बन्धमा सेवा दिने भएको हो ।

जसको लागि कम्पनीले विभिन्न कर्मचारीहरुको नामसहित सम्पर्क नम्बर र इमेल उपलब्ध गराएको छ । इन्स्योरेन्सले बीमालेख सम्बन्धमा विभिन्न प्रदेशका ११ जनाको सम्पर्क नम्बर उपलब्ध गराएको छ ।

त्यस्तै, बीमा दावीको समस्या परेमा बीमितले कम्पनीका तीन जना कर्मचारीलाई सम्पर्क गर्न सक्ने छन् । त्यसैगरी, औषधोपचार बीमा दावीको लागि पनि कम्पनीले दुई जना कर्मचारीको सम्पर्क नम्बर उपलब्ध गराएको छ ।

यससँगै यी सेवा लिन केही समस्या परेमा वा यसको बारेमा बुझ्नु परेमा बीमित तथा सेवाग्राहीहरुले कम्पनीले उपलब्ध गराएको सम्पर्क नम्बरबाट सम्बन्धित कर्मचारीलाई कल गर्न सक्ने छन् ।

कुन सेवा लिन कसलाई सम्पर्क गर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.