‘प्रतिस्पर्धी मर्चेन्ट बैंकहरुलाई पछि पार्दै मेगा क्यापिटल अगाडी बढेको छ’

<p>काठमाडौं । मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले प्रतिस्पर्धी मर्चेन्ट बैंकहरुलाई पछि पार्दै मेगा क्यापिटल अगाडी बढेको बताएका छन् । उनले ३० ओटा मर्चेन्ट बैंकहरुमध्ये आफ्ना समकालिन मर्चेन्ट बैंकहरुलाई पछि पार्दै तिब्र गतिमा मेगा बैंक अगाडी बढेको बताएका हुन् । आर्थिक वर्ष २०७८र०७९ मा मेगा क्यापिटल २४।५ प्रतिशत वितरण योग्य मुनाफा आर्जन गरेको उनले [&hellip;]</p>

काठमाडौं । मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले प्रतिस्पर्धी मर्चेन्ट बैंकहरुलाई पछि पार्दै मेगा क्यापिटल अगाडी बढेको बताएका छन् । उनले ३० ओटा मर्चेन्ट बैंकहरुमध्ये आफ्ना समकालिन मर्चेन्ट बैंकहरुलाई पछि पार्दै तिब्र गतिमा मेगा बैंक अगाडी बढेको बताएका हुन् ।

आर्थिक वर्ष २०७८र०७९ मा मेगा क्यापिटल २४।५ प्रतिशत वितरण योग्य मुनाफा आर्जन गरेको उनले जानकारी दिए । ‘मेगा क्यापिटलले हाल सम्म करिब १ लाख ८० हजार डिम्याट र लगानी व्यवस्थापन सेवामा ३५८ जना सेवाग्राहिबाट करिब ६८ करोडको पोर्टफोलियो व्यवस्थापन गर्दै आएको छ,’ उनले भने ।

यस्तै, उनले क्यपिटल ५ वर्ष पुरा गरी पाँचौ वार्षिक साधारणसभा गर्ने तयारीमा जुटेको बताए ।

मेगा क्यापिटलले संस्थागत परामर्शदाता सेवाको रुपमा सेवाग्राही तथा आवद्घ लगानीकर्तालाई वित्तिय समस्या हल गर्न सेवाका साथ साथै नयाँ कामको रुपमा कुनै पनि कम्पनीको प्रमोटर सेयर खरिद बिक्री गर्ने इच्छा भएकालाई सहजिकरण गर्दै आएको छ । क्यापिटलले विभिन्न कम्पनीहरुसँग आइपीओ र अन्डरराइटिङ सम्झौता पनि गरेको छ ।

संस्थाले डिम्याट खाता, मेरो सेयर खाता खोल्ने, नविकरण गर्ने र लगानी व्यवस्थापन सेवा समेत अनलाइन मार्फत गर्न सकिने व्यवस्था मिलाएको छ ।

सीइओ श्रेष्ठले काठमाण्डौं उपत्यका बाहिर पोखरा, वुटवल र विराटनगरबाट समेत भौतिक संरचनाबाट पनि सेवा दिने क्यापिटलको योजना रहेको बताएका छन् ।

 

Share News