नेपाल बैंक र गोरखापत्र संस्थानबीच बैंकिङ कारोबारमा सहकार्य गर्ने सम्झौता

  २०७९ असोज १३ गते १४:०१     विकासन्युज

काठमाडौं ।  नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र गोरखापत्र संस्थानबीच बैंकिङ्ग कारोवार लगायतका विषयमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

यही असोज १२ गते नेपाल बैंक लिमिटेड प्रधान कार्यालयमा आयोजित एक समारोहमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु प्रसाद सुबेदीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता अनुसार दुबै संस्थाबीच सेवाग्राही कर्जा, तलब खाता खोल्ने, प्रतीतपत्र, निक्षेप लगायत अन्य बैंकिङ्ग कारोवार, विज्ञापन तथा सूचना प्रकाशनसम्बन्धी विषयमा सहकार्य हुनेछ ।

हस्ताक्षर समारोहमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष सुवेदीले नेपालको पहिलो र गर्विलो इतिहास बोकेको बैंकसंग सहकार्य गर्न पाउदा निकैनै गर्व को अनुभूति भैरहेको धारणा व्यक्त गरे। उनँले आगामी दिनमा यो सम्बन्ध थप मजबुत हुँदै जाने विश्वास समेत व्यक्त गरे ।

नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालका पुराना र जनताको विश्वासका धरोहर बनिसकेका यी दुई संस्थाबीच भएको सम्झौताले आफू अत्यन्त हर्षित बनेको धारणा राख्दै गोरखापत्रसंस्थान र त्यहाँं कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई सरल, सहज र प्रतिपस्पर्धि बैंकिङ्ग सेवा प्रदान गदैं यो सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउदै लैजाने प्रतिबद्दता समेत उहाँले व्यक्त गरेका थिए ।

उक्त समारोहमा नेपाल बैंक लि. र गोरखापत्रसंस्थानका उच्च व्यवस्थापनका पदाधिकारीहरु  लगायत अन्य कर्मचारीहरुको पनि उपस्थिति थियो ।

नेपालभर २१९ शाखाहरु, १८६ एटीएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधिमार्फत बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि  रुपमा अगाडि बढिरहेको छ ।

विगत केही वर्षयता बैंकले छिटोछरितो  र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल राज्यभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.