एशियन लाइफको १५.२६ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी पौने तीन अर्ब नाघ्यो

  २०७९ असोज १३ गते १४:०३     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको १५.२६ प्रतिशत लाभांश पारित लाभांश पारित भएको छ । कम्पनीको बिहीबार सम्पन्न १४औं वार्षिक साधारणसभाले १४.५० प्रतिशत बाेनस र कर सहित ०.७६ प्रतिशत नगद लाभांश पारित गरेकाे हाे ।

यससँगै कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७७/०७८ काे नाफाबाट चुक्ता पुँजीकाे १४.५० प्रतिशत बाेनस सेयर पाउने भएका छन् । असाेज ४ गते बुक क्लाेज भएकाे कम्पनीकाे लाभांश असाेज ३ गतेसम्म कायम सेयरधनीले मात्रै पाउने छन् ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५३ करोड रुपैयाँ छ । १४.५ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारण सेयरको ६०ः४० अनुपातलाई बीमा समितिको स्वीकृति पश्चात परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गरी संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाले कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्तावलाई समेत पारित गरेको छ ।

२०६४ साल चैत २१ गतेदेखि कारोबार संचालन गरेको यस कम्पनीको आ.व. २०७८/७९ असार मसान्त सम्ममा ३२ अर्ब रुपैयाँ जीवन बीमा कोष र करिब ३० अर्ब रुपैयाँ लगानी तथा कर्जा रहेकोे छ । त्यसैगरी, कम्पनीले आ.व. २०७८/७९ को असार मसान्तसम्ममा कूल २ अर्ब २३ लाख रुपैयाँ प्रथम बीमाशुल्क र ६ अर्ब ९६ करोड रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले देशभर ४७ वटा शाखा तथा १०४ वटा उपशाखाहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.