जगदम्बा मोटर्सको ३ नयाँ शोरुम उद्घाटन

<p>काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले थप ३ शोरुमको उद्घाटन गरेको छ । टिभिएसले दशैंकाे पहिलो दिन अर्थात घटस्थापनाको अवसरमा थप ३ शोरुमको उद्घाटन गरेको हाे । कम्पनीले परासीको बर्दाघाट, कपन र दाङ्गको घोराहीमा शोरुम संचालनमा ल्याएकाे हाे ।लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दिपेन्द्रकुमार अधिकारीको प्रमुख अतिथ्यमा परासीको बर्दाघाटमा फुटप्रिन्ट अटो हब प्रा.ली, बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको [&hellip;]</p>

काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले थप ३ शोरुमको उद्घाटन गरेको छ । टिभिएसले दशैंकाे पहिलो दिन अर्थात घटस्थापनाको अवसरमा थप ३ शोरुमको उद्घाटन गरेको हाे ।

कम्पनीले परासीको बर्दाघाट, कपन र दाङ्गको घोराहीमा शोरुम संचालनमा ल्याएकाे हाे ।लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दिपेन्द्रकुमार अधिकारीको प्रमुख अतिथ्यमा परासीको बर्दाघाटमा फुटप्रिन्ट अटो हब प्रा.ली, बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको प्रमुख अतिथ्यमा काठमाडौंको कपनमा यु आर मोटर्स एन्टरप्राइज, र जिल्ला उद्योग वाणिज्य संघ घोराहीका अध्यक्ष टंक बुढाथोकीको प्रमुख अतिथ्यमा दाङ्गको घोराहीमा नेबेल ट्रेडिङ्ग गरी ३ शोरुम एकै दिन उद्घाटन गरे ।

जगदम्बा मोटर्स नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीले नेपालभर १४० भन्दा बढी डिलरहरुमार्फत सेवा दिँदै आइरहेकाे छ ।

 

Share News