नेपाली पर्यटन व्यवसायी एसियन टुरिजम फेयरमा सहभागी

  २०७९ असोज १३ गते १०:०७     विकासन्युज

काठमाडौं ।  नेपाली पर्यटन व्यवसायीहरुले नर्वौ एसियन टुरिजम फेयर (एटीएफ)मा सहभागिता जनाएको छ । उक्त फेयर बंगलादेशको ढाकामा आज(बिहीबार)बाट सुरु भएकाे छ ।

कोभिड–१९ ले प्रभावित पर्यटन व्यवसाय पुनः सुचारु तथा नेपालमा पर्यटन सिजन शुरु हुन लागेको समयमा नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)सँग आवद्ध नेपाली पर्यटन व्यवसायीहरूले सो फेयरमा सहभागिता जनाएको हो ।

एशियन टुरिजम फेयर बंगलादेशमा हरेक वर्ष आयोजना हुने एक महत्वपूर्ण कार्यक्रम हो । उक्त कार्यक्रममा विश्वका विभिन्न देशहरूबाट पर्यटन व्यवसायीहरुले आ–आफ्नो देशको पर्यटन प्रवद्र्धन गर्न प्रदर्शन गर्ने, विटुवि तथा विटुसि सञ्चालन हुनेछ । उक्त कार्यक्रमको आयोजना बंगलादेशको नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयको सहकार्यमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बसुन्धरा बंगलादेशमा गर्ने गरिएको छ ।

यस वर्षको प्रदर्शनीमा नेपालबाट १२ पर्यटन व्यवसायीहरु सहभागी हुन बंगलादेश प्रस्थान गरेका छन् । नाट्टाका तर्फबाट कार्यक्रम संयोजन कार्यसमितिका वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल तथा सह संयोजन कार्यसमिति सदस्य श्रद्धा जोशीले गरेका छन् । बंगलादेश प्रस्थान गर्ने नेपाली टोलीको नेतृत्व वरिष्ठ उपाध्यक्ष प्रमोद दाहालले गरेको हो ।

कार्यक्रममा सहभागीताको लागि नाट्टाले नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्डबाट प्रदर्शनी गरिने भएको छ । यस वर्षको कार्यक्रममा आयोजकले नेपाललाई पार्टनर कन्ट्रीको रूपमा स्थान उपलब्ध गराएको छ ।

कार्यक्रम अन्तर्गत: बंगलादेशस्थित नेपाली राजदुतावासले नेपाली व्यवसायी लगायत विभिन्न देशका पर्यटन व्यवसायीको प्रतिनिधी तथा कार्यक्रम आयोजक र पत्रकारलाई रात्रीभोजसहित नेपाल नाइटको आयोजना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.