डलरको भाउ फेरी बढ्यो, नेपाली मुद्रा हालसम्मकै कमजोर

  २०७९ असोज १३ गते ९:२७     विकासन्युज

काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । डलरले मूल्यले नयाँ उचाइ कायम गरेसँगै नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबारको लागि सार्वजनिक गरेको विनीमयदर अनुसार एक डलरको खरीददर १३० रुपैयाँ ८९ पैसा तोकिएको छ । यस्तै, डलरको बिक्रीदर १३१ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

यो हालसम्म कै उच्च हो ।  एक महिनायता गत शुक्रबार नयाँ रेकर्ड बनाएको डलरको भाउ त्यसयता निरन्तर उकालो लाग्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X