भुजुङ हाइड्रोपावरले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

  २०७९ असोज १२ गते १७:०५     विकासन्युज

काठमाडौं । भुजुङ हाइड्रोपावरले सर्वसाधरणको लागि आइपीओ जारी गर्ने भएको छ ।हाइड्रोपावरले सर्वसाधरणको लागि प्रति कित्ता १०० रूपैयाँ अंकित दरको ५ लाख ८५ हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो ।

कम्पनीले यसको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा भुजुङ हाइड्रोपावरका तर्फबाट कार्यकारी सञ्चालक खेम राज जोशी तथा कुमारी क्यापिटलका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

हाल भुजुङ हाइड्रोपावरको अधिकृत पूँजी ५० करोड रूपैयाँ जारी पूँजी ४३ करोड रूपैयाँ र चुक्ता पूँजी ३२.७२५ करोड रूपैयाँ रहेको छ ।

सन् २०१५ मा स्थापित भुजुङ हाइड्रोपावरले ७.५ मेगावा क्षमताको रन अफ रिभर प्रकारको अपर मिडिम हाइड्रोपावर प्रोजेक्ट विकास गरिरहेको छ । आयोजनाको कुल लागत ३९ करोड रहेको छ भने कम्पनिले आयोजनाको कुल लागतको १५ प्रतिशत अर्थात ५.८५ करोडको साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । यो आयोजना नेपालको लामजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकामा अवस्थित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.