दशैं आयो : सडकमा नयाँ नोटको व्यापार (फोटोफिचर)

  २०७९ असोज १२ गते १३:५०     रिशव चौधरी

काठमाडौं । विजया दशमी अर्थात् दशैंको मुख्य दिन आउन अब ७ दिन मात्रै बाँकी छ । मानिसहरु दशैंका लागि नयाँ–नयाँ लुगा तथा अन्य सामान खरिद गर्न व्यस्त छन् । साथै दशैंका लागि नयाँ नोट साट्नेहरुको पनि विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा भीड छ ।

अहिले बैंक तथा वित्ती संस्थाहरुमा मात्रै भीड नभएर सडकमा पनि नयाँ नोट साट्नेहरुको पनि संख्या ठूलै छ । काठमाडौंको रत्नर्पाक, असन, बसन्तपुर, नयाँ बसपार्क लगायत क्षेत्रमा नयाँ नोट दिएर पुराना नोट फिर्ता लिदे व्यापारीहरुको संख्या पनि ठूलो छ ।

उनीहरुले नयाँ नोट साट्नका लागि केही निश्चित रकम कमिसनका रुपमा लिएर नयाँ नोट साटिरहेका छन् । उनीहरुले नयाँ नोट साटेवाफत ५ रुपैयाँदेखि ५० रुपैयाँसम्म लिने गरेका छन् ।

नेपाल राष्ट्र बैंकहरुबाट एक पटकमा १८ हजार ५ सय रुपैयाँ नयाँ नोट साट्न पाइने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.