बिजबजार अफर : ७८ प्रतिशतसम्म छुटका साथै बम्पर उपहार पनि

  २०७९ असोज १२ गते १२:२०     विकासन्युज

काठमाडाैं । ई–कमर्स प्लेटफर्म बिजबजारले दशैं, दीपावली, नेपाल संवत्, ल्होसार, छठ लगायतका महान् चाडहरूलाई लक्षित गर्दै ‘बिजबजार भव्य उत्सव’ नामक योजना सञ्चालनमा ल्याएको छ । यो योजना असोज १० गते घटस्थापना देखि कात्तिक १३ गते सम्म सञ्चालनमा रहने कुरा बिजबजारले जनाएको छ।

यस योजना अन्तर्गत ग्राहकले प्रत्येक नेपाली सामानको खरिदमा उपहार पनि पाउने छन् । नेपाली उत्पादनको प्रयोग र बजारीकरणलाई प्रोत्साहन गर्न कम्पनीले यो योजना सार्वजनिक गरेको बताएको छ ।

यो अफरअन्तर्गत सबै वर्गका सेवाग्राहीले विभिन्न क्याटेगोरिका सामान खरिद गर्दा ७८ प्रतिशतसम्म छुटसहित विविध रोमाञ्चक र आकर्षक योजना तथा उपहार एवं बम्पर उपहारसमेत प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले यस योजनाअन्तर्गत विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप पनि सञ्चालन गर्ने जनाएको छ । जहाँ भाग्यशाली सेवाग्राही तथा विजेताले विभिन्न आकर्षक उपहार जित्ने मौका प्राप्त गर्नेछन् ।

यस योजना अन्तर्गत कम्पनीले तिन भाग्यशाली ग्राहकको लागि मेगा बम्पर उपहार को पनि व्यवस्था गरेको छ । जसमा पहिलो उपहार एमआइ ६५ इन्च अल्ट्रा फोरके टिभी एण्ड एमआूइ साउन्ड बार, दोस्रोमा रियलमी ९ प्रो फाइभजी अनि तेस्रो उपहारमा सामसङ्ग सिंगल डोर रेफ्रिजेरेटर १९२ एल रहेको छ । साथै, काठमाडौं उपत्यकाका ग्राहकको लागि घटस्थापना देखि असोज २३ गतेसम्म निःशुल्क होम डेलिभरीको सुविधा समेत रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले दशैंमा १० कोसेली अन्तर्गत ‘गेस द कोसेली’ भन्ने अफर पनि सँगै ल्याएको छ ।कम्पनीका अनुसार यसमा सहभागी हुनका लागि सुरुमा कम्पनीको आधिकारिक फेसबुक र इन्स्टाग्राममध्ये कुनै एकमा गई कम्पनीले सामानको बारेमा केही जानकारी दिनुपर्नेछ । ग्राहकले कम्पनीको वेबसाइटमा गएर त्यो सामान चिनेर त्यसको स्क्रिनशट सो प्रश्नको कमेन्ट बक्समा सेन्ट गर्नुपर्ने हुन्छ । उत्तर मिलाउनेमध्ये एक जनालाई कम्पनीले सोही सामान उपहार स्वरूप प्रदान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.