भाटभटेनीमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत थप छुट

  २०७९ असोज १२ गते ११:१२     विकासन्युज

काठमाडौं । दशैं लक्षित गर्दै स्मार्ट क्युआरले भाटभटेनी र एनआईसी एशिया बैंकसँगको सहकार्यमा छुट अफर सार्वजनिक गरेको छ ।

यस अवसर अन्तर्गत ग्राहकहरुले जुत्ता तथा कपडा खरिदमा भाटभटेनीले उपलब्ध गराएको छुटमा स्मार्ट क्यु आर मार्फत भुक्तानी गर्दा थप १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यो अफर भाटभटेनीका सबै शाखाहरुमा लागु हुनेछ । स्मार्ट क्युआरमा आवद्ध सबै बैंक तथा वालेटका ग्राहकहरुले यो अफर अन्तर्गत छुट प्राप्त गर्न सक्नेछन् ।

दशैंमा हुने किनमेल कारोबारमा स्मार्ट क्युआर प्रयोगकर्तालाई सहुलियत दिने तथा विद्युतीय भुक्तानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

भाटभटेनीका कुनै पनि शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एन आई सी एशिया मो बैंक, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X