सरकारले एक जनालाई १० पटकसम्म तालिम दियो, ६० प्रतिशत अदक्ष जनशक्ति चालउँछन् व्यवसाय : अञ्जन श्रेष्ठ

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपालका सबै किसिमका विजनेश हाउसमा ६० प्रतिशतभन्दा बढी कर्मचारी अदक्ष रहेको बताएका छन् । आइतबार महासंघले गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कर्णाली प्रदेशमा झनै विजोग अवस्था रहेको बताए । ‘नेपालमा सञ्चालन सबै विजनेश हाउसमा ६० प्रतिशत कर्मचारी अदक्ष कर्मचारी रहेका छन्, [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपालका सबै किसिमका विजनेश हाउसमा ६० प्रतिशतभन्दा बढी कर्मचारी अदक्ष रहेको बताएका छन् । आइतबार महासंघले गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कर्णाली प्रदेशमा झनै विजोग अवस्था रहेको बताए ।

‘नेपालमा सञ्चालन सबै विजनेश हाउसमा ६० प्रतिशत कर्मचारी अदक्ष कर्मचारी रहेका छन्, ४० प्रतिशत दक्ष जनशक्ति कर्मचारीले विजनेश चलिरहको छ, कर्णाली प्रदेशमा १० प्रतिशत मात्रै दक्ष जनशक्ति रहेका छन्,’ उनले भने, ‘सीप सिकेका जनशक्तिको आवश्यकता धेरै छ, अहिलेको आवश्यकता भनेको तालिमसँगै रोजगारी दिनु पर्नेछ ।’

सरकारले तालिमका नाममा ठूलो रकम खर्च गरेको उनको भनाइ छ । उनले सरकारले एक जनालाई १० पटकसम्म तालिम दिएको समेत बताए ।

‘सरकारले लामो समयदेखि तालिम दिइरहेको छ, एक जना नेपालीले १० पटकसम्म तालिम पाएको भन्ने सुनेको छ, वास्तविकता जस्तै लाग्छ, सरकारले तालिमका नाममा ठूलो रकम खर्च गरेको हुँदा १० पटक नै तालिम दिएको होला जस्तो लाग्छ, सरकारले तालिम दिएपनि अर्कै ठाउँमा सरुवा गर्छ,’ उनले भने ।

उनले प्रत्येक वर्ष ६ लाख जनसंख्या काम गर्न सक्षम रहेको बताए । उनीहरुलाई रोजगारी दिन ठूलो चुनौती रहेको उनको भनाइ छ । उनले भने, ‘नेपालको कूल जनसंख्याको १६ देखि ४५ वर्ष उमेर समूहको ४० प्रतिशत जनशक्ति छ, यो जनशक्ति नेपालमा काम गर्न सक्ने क्षमता भएका हुन्, प्रत्येक वर्ष ५/६ लाख जनशक्ति उयत्पादन हुन्छन्, सरकारले ५० हजारलाई मात्रै रोजगारी दिन्छ, निजी क्षेत्रले २ लाखलाई रोजगारी दिन्छ, एक लाख जनसंख्या प्रत्येक वर्ष विदेश जान्छन्, बाँकी डेढ लाखदेखि २ लाखलाई कसले रोजगारी दिने भन्ने चुनौति छ ।’

जसमध्ये २० प्रतिशत जनसंख्या पढ्न पनि नचाहने, तालिम पनि लिन नचाहने रहेको हुँदा बिडम्बनाको रुपमा लिएको उनले बताए । अर्थतन्त्रमा निजी क्षेत्रको ७० प्रतिशत योगदान रहेको हुँदा निजी क्षेत्रले नै तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्नु पर्ने उनले बताए । तालिम प्राप्त जनशक्तिलाई विदेश जानबाट रोक्नु पर्ने उनको भनाइ छ ।

Share News