२०७९ असोज ६ गते १९:२५ विकासन्युज
काठमाडौं । सिटिजन्स बैंक लाभांश प्रस्ताव गर्ने पहिलो बैंक बनेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेसँगै सिटिजन्स बैंक लाभांश प्रस्ताव गर्ने पहिलो बैंक बनेको हो ।
बैंकको आज अर्थात असोज ६ गते बिहीबार बसेको ४०३ औं सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि बैंकले दिनेछ ।
बैंकले गत आव २०७८/७९ को वितरण योग्य मुनाफाबाट गत असार मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँको ९ प्रतिशतले हुने १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.