पुष्पाञ्जली प्रिमियम अगरबत्ती नेपाली बजारमा

<p>काठमाडौं । सूर्य नेपाल प्रालिले आफ्नो नयाँ उत्पादन मंगलदीप पुष्पाञ्जली पूजा अगरबत्ती नेपाली बजारमा सार्वजनिक गरेको छ । पुष्पाञ्जली अगरबत्तीको हरेक प्याकमा ९ इन्चका ८० वटा ब्राउन रङ्गका सुगन्धित काँटीहरू हुनेछन् । कम्पनीले पुष्पाञ्जली अगरबत्तीको प्रति प्याक विक्री मूल्य १०० कायम गरेको छ । यस अगरबत्तीमा फुलको थप सुगन्ध भएकोले हरेक शुभ कार्यको निमित्त उपयुक्त [&hellip;]</p>

काठमाडौं । सूर्य नेपाल प्रालिले आफ्नो नयाँ उत्पादन मंगलदीप पुष्पाञ्जली पूजा अगरबत्ती नेपाली बजारमा सार्वजनिक गरेको छ ।

पुष्पाञ्जली अगरबत्तीको हरेक प्याकमा ९ इन्चका ८० वटा ब्राउन रङ्गका सुगन्धित काँटीहरू हुनेछन् । कम्पनीले पुष्पाञ्जली अगरबत्तीको प्रति प्याक विक्री मूल्य १०० कायम गरेको छ ।

यस अगरबत्तीमा फुलको थप सुगन्ध भएकोले हरेक शुभ कार्यको निमित्त उपयुक्त हुनुका साथै पूजाको अद्वितिय अनुभव प्राप्त गर्न सकिने कम्पनी बताउँछ ।

कम्पनीको अनुसार दैनिक पूजामा प्रयोग हुने विभिन्न सुगन्धित फूलहरूको सम्मिश्रण मंगलदिप पुष्पाञ्जली अगरबत्तीमा रहेको छ । मंगलदीप पूजा अगरबत्ती अन्तर्गत चम्पा, अर्पण, स्यान्डल, ल्यावेंडर, ज्यास्मिन, त्रिसारा, तथा त्रेया लगाएतका विभिन्न ब्रान्डहरू बजारमा पाइने कम्पनीले बताएको छ ।

Share News