टुकुचा खोला खोज्ने अभियानमा बालेनलाई धक्का

  २०७९ असोज ६ गते १८:०४     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) लाई जयनेपाल हलदेखि कमलादी मोडसम्म टुकुचा खोला खोज्ने अभियानमा धक्का लागेको छ ।

हात्तीसारस्थित जयनेपाल हलदेखि कमलादीसम्म भूमिगत बनाइएको टुकुचाको रेखांकन गर्न कानुनी रूपले नसकिने भूमि मन्त्रालयले निष्कर्ष निकालेपछि बालेनकाे टुकुचा खोला खोज्ने अभियानमा धक्का लागेको हाे ।

महानगरले ३० भदौदेखि  खोला मिचेर अनधिकृत संरचना बनाएको भन्दै जय नेपाल हलदेखि कमलादी मोडसम्मको संरचनामा डोजर चलाएको थियो । जसविरुद्ध सम्बन्धित घरधनीहरु अदालत गएपछि महानगरले जयनेपाल हलदेखि कमलादी मोडसम्मको टुकुचा खोला रेखांकन गरिदिन नापी विभागलाई पत्राचार गरेको थियो ।

मन्त्रालयले त्यसपछि सहसचिव जनकराज जोशीको संयोजकत्वमा यसबारे अध्ययन गर्ने समिति गठन गरेको थियो जसले मुख्य दुई निष्कर्ष निकालेर मन्त्रालयलाई बुझाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.