एनसेलले ल्यायो इण्डियामा कल गर्ने भ्वाइस प्याक, प्रतिमिनेट ३.५५ रुपैयाँ

  २०७९ असोज ६ गते १७:४९     विकासन्युज

काठमाडौं । एनसेलका ग्राहकले अब सुलभ दरमा भारतमा कल गर्न सक्नेछन् । एनसेल आजियाटाले नजिकिँदै गरेको चाडपर्वको अवसरमा भारतमा कल गर्न तीनवटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ ।

यी प्याकहरु शुक्रबार (असोज ०७) देखि लागु हुनेछन् । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले यी भ्वाइस प्याकहरुको प्रयोगबाट फाइदा लिन सक्ने कम्पनीले जनाएकाे छ । भारतमा कल गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसार १ दिन, ७ दिन वा २८ दिनको समयावधि रहेको प्याक सुचारु गर्न सक्नेछन् ।

१ दिनको भ्वाइस प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र ५५ रुपैयाँमा भारत कल गर्नका लागि १५ मिनेट टक टाइम पाउनेछन् । त्यस्तै, ७ दिने भ्वाइस प्याक अन्तर्गत ग्राहकले २४९ रुपैयाँमा भारत कल गर्नका लागि ७० मिनेट टक टाइम प्राप्त गर्नेछन् ।

आफ्नो आवश्यकता अनुसार बढि समयावधि चाहिने ग्राहकहरुले २१५ मिनेट टक टाइम रहेको भ्वाइस प्याक कर सहित मात्र ७४९ मा सुचारु गरी सुलभ दरमा भारतमा कल गर्न सक्नेछन् ।

ग्राहकले *१७११८*७# डायल गरि निर्देशन अनुसार आफ्नो आवश्यकता अनुरुप भ्वाइस प्याक सुचारु गर्न सक्नेछन् । त्यस्तै ग्राहकले एनसेल एप, एनसेल वेबसाइट र एनसेलको आधिकारिक खुद्रा बिक्रेताहरुमार्फत इी भ्वाइस प्याकहरु सुचारु गर्न सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.