२०७९ असोज ६ गते १३:१५ विकासन्युज
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकमा पैसा थुपारेर देशको विकास नहुने बताएका छन् । उनले अहिले बैंक तथा वित्तीय संस्थाहरुले महँगो ब्याज दिएर बैंकमा पैसा तानिरहेको बताउँदै यसरी देशको विकास नहुने धारणा राखेका हुन् ।
बिहीबार काठमाडौंमा आयोजित नाडा इभी अटो शोमा प्रमुख अतिथिको रुपमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । ‘जुन देशमा बैंकमा पैसा राखेर १३/१४ प्रतिशत ब्याज लिन पाईन्छ, त्यो देशमा कसरी विकास हुन्छ ? समस्या यहिँ छ, यो विषयमा छलफलको गर्दैछौं, ब्याजको लोभमा बैंकमा पैसा थुपार्न हुँदैन,’ उनले भने ।
यस्तै, उनले अहिले विद्युतीय गाडीमा के कस्ता छुट दिने भनेर छलफल भैरहेको उनले बताए । उनले विद्युतीय गाडी नेपालमा नै बनाउनु पर्ने र त्यसका लागि चार्जिङ स्टेशन पनि निर्माण गर्नु पर्ने धारणा राखे ।
‘अहिले बिश्वमा अर्थतन्त्र कसरी निर्माण गर्ने भन्ने बारेमा बहस भइरहेको छ, सबै देशहरूले त्यो दिशातर्फ जानको लागि योजना बनाइरहेका छन्, ग्रिन हाइड्रोजन र ग्रिन एमोनिया उत्पादन गर्ने बहस हामीले गर्दैछौं, नेपालमा कहिलेसम्म पेट्रोलियम गाडी चल्न पाउने बारेमा हामीले अध्ययन गर्दैछौं, त्यसको लागि मन्त्रालयमा कमिटी बनेको छ, हामिले समयमै जानकारी दिनेछौं,’ उनले भने ।
यस्तै, उनले अब आयातमा गरिएको कडाइको विषयमा पनि नयाँ ढंगले सोच्नु पर्ने बेला आएको बताए । उनले अब निजि क्षेत्रलाई अप्ठ्यारोमा पार्न सरकार नचाहने पनि बताएका छन् । उनले बिद्युत निर्यात गर्ने वस्तु नभएको पनि बताएका छन् । विद्युतलाई उत्पादनमा लगाउनु पर्ने उनको धारणा छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.
HOW WHY THAT IS OUR OWN MONEY.