काठमाडौं । पछिल्लो समय बैंकहरुले ब्याजदर वृद्धि गरेका छन् । लामो समयदेखि स्थीर रहेको ब्याजदर वृद्धि भएपछि बैंक तथा वित्तीय संस्थाहरुको चौतर्फी रुपमा विरोध भइरहेको छ । ब्याजदर बढ्दा सेयर बजार ओरालो लागेको र उद्योगी व्यवसायीहरुले लागत बढेको भन्दै विरोध गरिरहेका छन् ।
बैंकहरुले ब्याजदर बढाएर मुद्दती (रेमिट्यान्स)खातामा १५.१३ प्रतिशतसम्म र साधारण बचतमा १०.६३ प्रतिशतसम्म ब्याजदर पुर्याएका छन् । बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप तथा लगानीयोग्य रकमको अभाव भएपछि यसअघि ६ महिनासम्म स्थीर रहेको ब्याजदर बढाएका हुन् ।
बैंकहरुले ब्याजदर वृद्धि गरेर १५ प्रतिशतभन्दा बढी पुर्याउँदा कर्जाको ब्याजदर १९ प्रतिशतको हाराहारीमा पुगेको छ । जसले गर्दा ऋणीहरुको लागत उच्च हुने देखिएको छ ।
बैंकहरुको लागत बढेपछि आधार दर (बेस रेट)पनि बढेको छ । बैंकहरुले आधार दरमा प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण गर्ने गरेका छन् । तर, बैंकहरुले ग्राहकपिच्छे र कर्जाको प्रकारपिच्छे फरक–फरक प्रिमियम थपेर कर्जाको ब्याजदर निर्धारण गर्ने गरेका छन् ।
हाल बैंकहरुमध्ये सिटिजन्स बैंकको आधारदर सबैभन्दा बढी रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकको आधादर सबैभन्दा कम रहेको छ । सिटिजन्स बैंकबाट ऋणीले कर्जा लिँदा सबैभन्दा महँगो लागत लाग्ने गरेको देखिन्छ भने राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा लिँदा सस्तो पर्ने देखिन्छ ।
सिटिजन्स बैंकको आधारदर १०.५५ प्रतिशतरहेको छ भने राष्ट्रिय वाणिज्य बैंकको अधार दर ७.८६ प्रतिशत छ । जुन बैंकको आधारदर कम भयो सो बैंकको कर्जामा ब्याजदर पनि सस्तो हुन्छ भने आधार दर बढी भएका बैंकबाट कर्जा लिँदा ऋणको ब्याज पनि बढी हुन्छ ।
अधिकांशवाणिज्य बैंकहरुको आधार दर दोहोरो अंकमा छ । दोहोरो अंकमाआधार दर भएका बैंकबाट ऋण लिँदालागत बढी लाग्ने गर्छ ।
हाल विभिन्न ९ वटा वाणिज्य बैंकको आधार दर दोहोरो अंकमा पुगेको छ । बैंक अफ काठमाण्डूको १०.०४ प्रतिशत, सेञ्चुरी बैंकको १०.४० प्रतिशत, सिटिजन्स बैंकको १०.५५ प्रतिशत, कुमारी बैंकको १०.४९ प्रतिशत, लक्ष्मी बैंकको १०.०२ प्रतिशत, मेगा बैंकको १०.१९ प्रतिशत, सनराइज बैंकको १०.४२ प्रतिशत, नेपाल एसबिआई बैंकको १० प्रतिशत र एनआईसी एशिया बैंकको १०.०४ प्रतिशतआधार दर रहेको छ ।
यस्तै, कृषि विकास बैंकको ८.९० प्रतिशत, सिभिल बैंकको ९.५० प्रतिशत, एभरेष्ट बैंकको ८.९२ प्रतिशत, ग्लोबल आइएमई बैंकको ९.४० प्रतिशत, हिमालयन बैंकको ९.८८ प्रतिशत, माछापुच्छ्रे बैंकको ९.९५ प्रतिशत, नबिल बैंकको ८.७७ प्रतिशत, नेपाल बैंकको ७.९९ प्रतिशत, एनसीसी बैंकका ९.३५ प्रतिशत, नेपालइन्भेष्टमेन्ट बैंकको ९.०२ प्रतिशत, एनएमबि बैंकको ९.९७ प्रतिशत, प्रभु बैंकको ९.४२ प्रतिशत, प्राइम बैंकको ९.९९ प्रतिशत, सानिमा बैंकको ९.५७ प्रतिशत, सिद्धार्थ बैंकको ९.५० प्रतिशत स्ट्याण्डर्ड चार्टर्ड बैंकको ८.४० प्रतिशतर राष्ट्रिय वाणिज्य बैंकको ७.८६ प्रतिशत आधार दर रहेको छ ।
कुनको कति ?
