इन्स्योरेन्स कम्पनी, सिटीसी मलदेखि कलेजलाई महानगरको पत्र : १० दिनभित्र कर नतिरे कारवाही गर्छौं

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्स्योरेन्स कम्पनी, सिटीसी मलदेखि कलेजहरुलाई १० दिनभित्र राजस्व तिर्न पत्र काटेको छ । महानगरपालिकाले बुधबार पत्र लेखेर विभिन्न संघसंस्था, व्यक्ति, कम्पनी र सरकारी निकायहरुलाई घरजग्गा सम्पत्तिमा लाग्ने कर र घरबहाल कर तिर्न निर्देशन दिएको छ । महानगरले वरुण वेभरेजसहित भिजि अटोमोबाइल्स, आदर्श नगर विजनेश, रन्जना ट्रेड, नेपाल स्काउट, नेपाल सेन्टर फर डेभलेपमेन्ट एण्ड पोलिसी [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्स्योरेन्स कम्पनी, सिटीसी मलदेखि कलेजहरुलाई १० दिनभित्र राजस्व तिर्न पत्र काटेको छ । महानगरपालिकाले बुधबार पत्र लेखेर विभिन्न संघसंस्था, व्यक्ति, कम्पनी र सरकारी निकायहरुलाई घरजग्गा सम्पत्तिमा लाग्ने कर र घरबहाल कर तिर्न निर्देशन दिएको छ ।

महानगरले वरुण वेभरेजसहित भिजि अटोमोबाइल्स, आदर्श नगर विजनेश, रन्जना ट्रेड, नेपाल स्काउट, नेपाल सेन्टर फर डेभलेपमेन्ट एण्ड पोलिसी स्टडिज, नेम इनस्टिच्युट फर मेडिकल एजुकेशन, स्टार होल्डिङ, पुण्य मेन्सन, रिद्धिसिद्धि डेभलपर्सलाई एकसाथ पत्र काटेको छ ।

महानगरले वर्ल्ड ट्रेड सेन्टर, सीटीसी मल, स्काउट, जय नेपाल हल, इम्पेरियल अपार्टमेन्ट, सगरमाथा इन्सोरेन्स, ग्लोबल ट्रेडिङ कन्सर्न, पूजा इन्टरप्राइजेज, ल्यान्डमार्क होटल, ओ सान इन्टरनेसनल कलेज, वर्ल्ड ट्रेड सेन्टर, सीटीसी मल र एनआरटी क्लबलाई पनि सम्पत्ति कर तिर्न पत्र काटेको छ ।

त्यसैगरी, बुद्धबारी कम्प्लेक्स, सिग्नेचर अपार्टमेन्ट, काठमाडौं इन्जिनियरिङ कलेज, नेपाल रेडक्रम सोसाइटी, ब्लु बर्ड इन्भेष्टमेन्ट, होटल प्लाटिनियम, आदर कम्प्लेक्स, ब्याट्री कारखाना, सिद्धार्थ वनस्थली स्कुल र एड्भान्स अटोमोबाइललाई पनि महानगरले कर तिर्न बोलाएका छन् ।

यस्तै, महानगरले चिठी काटिएका व्यक्तिमा रविन्द्र बहादुर मल्ल, सुभाष कुमार घिमिरे, मसिना आमात्य, रबिना श्रेष्ठ, शिशु अर्याल, योगदान पौडेल, प्रदिप रत्न ताम्राकार, वसुन्धारा तुलाधार, पुरुषोत्तम संघई र किरण संघई रहेका छन् ।

Share News