बरुण इन्भेष्टमेन्टले १५ लाख कित्ता सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

  २०७९ असोज ५ गते १६:३४     विकासन्युज

काठमाडौं । बरुण इन्भेष्टमेन्टले सर्वसाधारण (कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत)को लागि १५ लाख कित्ता सेयर सार्वजनिक गर्ने भएको छ । कम्पनीले साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौतामा कम्पनी र क्यापीटलबीच सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा बरुण इन्भेष्टमेन्टको तर्फबाट अध्यक्ष शिव प्रसाद घिमिरे र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।

वि।सं। २०७७ सालमा पब्लिक कम्पनीको रुपमा स्थापना भई ललितपुर जिल्लाको भनिमण्डल–४ मा रजिष्टर्ड कार्यालय रहेको यस बरुण इन्भेष्टमेन्ट कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँ र जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ ।

संस्थापक समुहको ७७ प्रतिशत शेयर रहेको यस कम्पनीमा १७ जना संस्थापक शेयरधनीहरुबाट ४० करोड बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भै विशेष गरी उर्जा क्षेत्रमा लगानी गर्ने कम्पनीमा पर्दछ ।

यस कम्पनीमा एस.जि गु्रप मुख्य लगानीकर्ताको रुपमा रहेको छ । बरुण इन्भेष्टमेन्ट लि ले बझाङ्ग स्थित कलंगा हाईड्रो लि (१५.३३ मेगावाट), सानीगाड हाईड्रो लि (३८.४७ मेगावाट) र बुङगल हाईड्रो (१०.७० मेगावाट) गरी ३ हाईड्रो कम्पनीमा कुल ६४.४९ मेगावाट मा मुख्य लगानी कर्ताको रुपमा रहेको छ ।

हालै पनि बरुण इन्भेष्टमेन्ट ले संखुवा खोलामा हाईड्रो प्रवद्धन गर्ने तयारीमा रहेको , गुराँस हाईड्रो प्रा.लि (४१.०६ मेगावाट) मा पनि लगानी प्रतिवद्धता जनाएको छ । बरुण इन्भेष्टमेन्ट तथा ग्लोबल आइएमई क्यापिटल ले यसै श्रावण भित्रमा आइपीओ ल्याउने गरी तयारी थालेको छ ।

बरुण इन्भेष्टमेन्टले भविष्यमा अरु पनि थप हाईड्रो पावर, होटेल, कृषि लगाएतका क्षेत्रमा पनि लगानी गर्ने तयारी रहेको कम्पनीका संस्थापक अध्यक्ष शिव प्रसाद घिमिरे बताउँछन् । घिमिरे एस.जि ग्रुपका अध्यक्ष समेत हुन । बरुण इन्भेष्टमेन्टमा मुख्य लगानिकर्ताका रुपमा रहेको एस.जि गु्रपको एल.पि.जि ग्यास बोटलिङ्ग, पेट्रोलियम पदार्थ वितरण, अटोमोबिल, चिया, निमार्र्ण, बैकिङ्ग लगाएत विभिन्न क्षेत्रमा लगानि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.