स्मार्टडोकोबाट दशैं सपिङ गर्दा ६७ प्रतिशतसम्म छुट पाइने

  २०७९ असोज ५ गते १३:०१     विकासन्युज

काठमाडौं । इकर्मश एप स्मार्टडोकोले यस दशैंमा आफ्नो ग्राहकहरुका लागि ‘बडा दशैँ कडा अफर’ ल्याएको छ । यस चाडपर्वमा ग्राहकहरुले स्मार्टडोकोबाट इलेक्ट्रोनिक्स, किराणा समान, फेसन, सौन्दर्य तथा अन्य थुप्रै समानहरु किन्दा ६७ प्रतिशतसम्मा छुट पाउन सक्नेछन् ।

यस योजना अन्तर्गत ग्राहकहरुले हरेक दिन पेबल स्मार्टवाच र एक जना भाग्यशाली ग्राहकले बम्पर उपहारमा सामसुङ्ग ग्यालेक्सी समार्टफोन जित्ने मौका पाउनेछन् । ग्राहकहरुले हिमालयन बैंकको कार्ड प्रयोग गरेर खरिद गर्दा १ हजार वा १५ प्रतिशत क्यासब्याक पाउन सक्नेछन् ।

यस्तै, ग्राहकहरुले ुवान रुपी गेमुमा सहभागी भई थुप्रै रोमाञ्चक उपहारहरु जस्तै रिम्याक्स ब्लुटुथ हेडफोन, एक्यु फिट स्मार्टवाच, पेबल इयरफोन, इनर्जजाइजर पावर बैंक हरु जित्न सक्नेछन् । यसका साथै, ग्राहकहरुले अन्य थुप्रै उपहारहरु जस्तै बोया माइक, ह्वाकिन्स प्रेसर कुकर, इलेक्ट्रिक बिबिक्यु ग्रिल मेसिन, इन्डक्सन पनि जित्ने मौका पाउनेछन् ।

काठमाडौं उपत्यकाभित्रका ग्राहकहरुले ७५० को न्यूनतम अर्डर मूल्यमा फ्रि डेलिभरीको सुविधापनि पाउने कम्पनीले बताएको छ । यस अफर असोज ५ गतेदेखि ११ गतेसम्म लागु हुने कम्पनीले जानकारी दिएको छ ।

स्मार्टडोकोमा ५० हजारभन्दा पनि बढी सामानहरु उपलब्ध छन । जस्मा बेबी केयर, इलेक्ट्रोनिक्स, किराणा समान, स्वास्थ्य, कोभिड र डेंगु आवश्यक वस्तुहरू, सौन्दर्य, घरका सामग्रीहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.