नयाँ स्टक र ब्रोकर थप्ने बारे अर्थ समितिले मन्त्रालयसँग ७ दिनभित्र माग्यो विवरण

<p>काठमाडौं । अर्थ समितिले नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज र नकयाँ ब्रोकर कम्पनी थप गर्ने विषयका बारेमा पुरा विवरण पठाउन निर्देशन दिएको छ । संसद्को अर्थ समितिले गत भदौ ३१ गते पत्र लेख्दै ७ दिन भित्र पुरा विवरण पठाउन निर्देशन दिएको हो । नयाँ स्टक एक्सचेन्जको अनुमति दिने र धितोपत्र दलाल व्यवसायीलाई नयाँ अनुमति [&hellip;]</p>

काठमाडौं । अर्थ समितिले नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज र नकयाँ ब्रोकर कम्पनी थप गर्ने विषयका बारेमा पुरा विवरण पठाउन निर्देशन दिएको छ । संसद्को अर्थ समितिले गत भदौ ३१ गते पत्र लेख्दै ७ दिन भित्र पुरा विवरण पठाउन निर्देशन दिएको हो ।

नयाँ स्टक एक्सचेन्जको अनुमति दिने र धितोपत्र दलाल व्यवसायीलाई नयाँ अनुमति दिने गरी नियमावली संसोधन गरेको विषयमा ७ दिन भित्र समितिमा आइपुग्ने गरी विस्तृत विवरण पठाउन निर्देशन दिएको हो । ‘नयाँ स्टक एक्सचेन्ज ल्याउने विषय सार्वजनिक संस्थान सञ्चालन कसरी गर्ने भन्ने दीर्घकालीन विषयसँग सम्बन्धित रहेको र धितोपत्र दलाल व्यवसायीलाई अनुमति दिनु अगाडि मुद्रा बजार र पूँजी बजार सम्बन्धित समितिको प्रतिवेदन २०७७ अनुसार आवश्यक तयारी पुरा गर्न समितिले निर्देशन दिएका विषय कार्यान्वयन भए नभएको सम्बन्धमा समितिमा गम्भीर रुपमा छलफल गर्नु पर्ने देखिएको छ,’ पत्रमा उल्लेख छ ।

तत्काल समितिको बैठक बस्न सक्ने अवस्था नभएकोले यस सम्बन्धमा विस्तृत विवरण सम्बन्धित निकायसँग माग गरी अभिलेख राख्ने साथै समितिको बैठक बस्न साथ तत्काल छलफल गर्ने व्यवस्था मिलाउने भनी तोक आदेश भएकोले यस सम्बन्धमा भएका काम कारबाही सम्बन्धी विस्तृत विवरण ७ दिन भित्र समितिमा आइपुग्ने उपलब्ध गराइदिन समितिले अनुरोध गरेको छ ।

Share News