२०७९ असोज ४ गते १५:१७ विकासन्युज
काठमाडौं । सेयर बजारको ओरालो यात्राले मंगलबार पनि निरन्तरता पाएको छ । मंगलबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको हो । यसअघि हिजो आइतबार दोहोरो अंकले घटेको सेयर बजार मंगलबार पनि दोहोरो अंकले गिरवाट आएको हो ।
बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएपछि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको लगानीकर्ताहरु बताउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले लाभांश वितरण गर्ने समय र चाडपर्व नजिक आएका बेला सेयर बजार बढ्नुपर्ने भएपनि ब्याजदर वृद्धिका कारण पूँजी बजार घटेको लगानीकर्ताको धारणा छ ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.८१ अंकले घटेर १८३७.६० अंकमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा सोमबकार २.०७ प्रतिशत घटेको हो । आइतबार नेप्से परिसूचक ३३.९७ अंकले घटेर १८७६.४१ अंकमा बन्द भएको थियो ।
यस्तै, मंगलबार दिनभरिमा २३१ कम्पनीको ३८ लाख ५६ हजार ५३८ कित्ता सेयर ३० हजार १३५ पटक खरिदबिक्री हुँदा १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२ रुपैयाँ बराबरको कारोबार भएको छ । यअिसअघि आइतबारका दिन १ अर्ब ६० करोड १८ लाख २२ हजार ९५४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबार सेयर बजारमा राताम्य छाएको छ । कुनै पनि समूहमा हरियो देखिएको छैन । यस्तै, स्वाभिमान लघुवित्तको सेयर मूल्य ३.९२ प्रतिशत अर्थात् ५८ रुपैयाँ बढेर १ हजार ५३८ रुपैयाँ पुगेको छ भने कालिका पावर कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् ३३.४० रुपैयाँ घटेर ३००.६० रुपैयाँमा सीमित भएको छ ।
आज हिमालयन डिस्टीलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५ करोड ६५ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.