२०७९ असोज २ गते १८:१९ विकासन्युज
काठमाडौं । दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल खेल सोमबार साँझ ५ः०० बजे सुरु हुने भएको छ । सोमबार साफ च्याम्पियनसिपको उपाधीको लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको हो । नेपाल र बंगलादेश पहिलो पटक उपाधीका लागि प्रतिस्पर्धा गर्दैछन् ।
महिला साफ च्याम्पियनसिपको समूह चरण र सेमिफाइनलकै टिकट दर फाइनलका लागि यथावत राखिएको बताइएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार भिआइपीतर्फ ५ सय र साधारण प्यारापिटतर्फ ३ सय रुपैयाँ टिकट दर कायम भएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.