काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ३३.९७ अंकले घटेर १८७६.४१ अंकमा बन्द भएको हो । शुक्रबारको तुलनामा १.७८ प्रतिशत घटेको हो ।
यस्तै, आज दिनभरिमा २२९ कम्पनीको ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर २७ हजार ७९० पटक खरिद बिक्री हुँदा १ अर्ब ६० करोड १८ लाख २२ हजार ९५४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आइतबार सेयर बजार घटेपनि ग्लोबल आइएमई समुन्नत स्किम–१ को सेयर मूल्य ५.४५ प्रतिशत अर्थात् ०.४५ रुपैयाँ बढेर ८.८६ रुपैयाँ, नेपाल ल्यूव आयलको ४ प्रतिशत अर्थात् १०.५० रुपैयाँ बढेर २७३.३० रुपैयाँ, लक्ष्मी बैंकको ३.६६ प्रतिशत अर्थात् ७ रुपैयाँ बढेर १९८ रुपैयाँ, आदर्श लघुवित्तको १.९७ प्रतिशत अर्थात् ५.८० रुपैयाँ बढेर ३००.४० रुपैयाँ, एनआईसी एशिया ब्यालेन्स्ड फण्डको १.९७ प्रतिशत अर्थात् ०.२१ रुपैयाँ बढेर १०.८९ रुपैयाँ पुगेको छ ।
यस्तै, वीन नेपाल लघुवित्तको १.९६ प्रतिशत अर्थात् १८ रुपैयाँ बढेर ९३७ रुपैयाँ, शिवश्री हाइड्रोको १.४६ प्रतिशत अर्थात् २.९० रुपैयाँ बढेर २०१.९० रुपैयाँ, सानिमा लार्ज क्याप फण्डको सेयर मूल्य १.३३ प्रतिशत अर्थात् ०.१० रुपैयाँ बढेर ७.६० रुपैयाँ, १० प्रतिशत प्राइम डिवेञ्चर २०८८ को सेयर मूलय १.२० प्रतिशत अर्थात् ९.८० रुपैयाँ बढेर ८२५ रुपैयाँ र मानुषी लघुवित्तको १ प्रतिशत अर्थात् ११ रुपैयाँ बढेर १ हजार ११५ रुपैयाँ पुगेको छ ।