खुला ब्याजदरका कारण अर्थतन्त्रमा थप संकुचन आउँछ : अम्बिका पौडेल

  २०७९ असोज २ गते १०:३९     विकासन्युज

काठमाडौं । बैंकिङ्ग क्षेत्रमा निक्षेप सुधार हुँदै गएका बेलामा ब्याजदर बढ्दा अर्थतन्त्रमा संकुचन आउने लगानीकर्ता अम्बिका प्रसाद पौडेलले बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै बैंकिङ्ग क्षेत्रमा निक्षेप क्रमशः सुधार हुँदै गएका बेलामा ब्याजदर खुला छाड्दा अर्थतन्त्रमा थप संकुचन आउने बताएका हुन् ।

यस्तै, उनले बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्दा राष्ट्र बैंक र अर्थमन्त्रालयले केही विचार गर्नुपर्ने समेत बताएका छन् । बिस्तारै सहज हुँदै गएको अर्थतन्त्रलाई नीतिको कारण असहज नबनाउन उनले आग्रह गरेका हुन् ।

खुला ब्याजदर कायम गर्दा अर्थतन्त्रमा थप संकुचन आउने र आर्थिक र मौद्रिक नीतिले लिएको लक्ष्य प्राप्त गर्न कठिन हुने देखिएको उनको भनाइ छ ।

‘बैंकिंग क्षेत्रको निक्षेपमा क्रमश सुधार हुँदै आईरहेको, अनुत्पादक क्षेत्रको कर्जा बिस्तार नियन्त्रण हुँदै गईरहेको बर्तमान अवस्थामा नेपाल बैंकर एशोसियसनले एकाएक खुला ब्याजदर कायम गर्नुले अर्थतन्त्रमा थप संकुचन आई आर्थिक र मौद्रिक नीतिले लिएको लक्ष्य प्राप्त गर्न कठिन हुने देखिएकोले तत्काल अर्थमन्त्रालय र राष्ट्र बैंकले केही विचार गर्न ढिलो नगर्ने हो कि ?,’ उनले भने, ‘बिस्तारै सहज हुँदै गएको अर्थतन्त्रलाई नीतिको कारणले असहज नबनाऊ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.