‘वल्र्ड कंग्रेश इनोभेसन एण्ड टेक्नोलोजी २०२२’ मा खल्तीले पायो डिजिटल अपर्चुनिटी एण्ड इनक्लुजन अवार्ड

  २०७९ असोज १ गते १०:३४     विकासन्युज

काठमाडौं । डिजिटल अपर्चुनिटी एण्ड इन्क्लुजन अवार्ड ‘खल्ती’ले जितेको छ । नेपालको डिजिटल भुक्तानी प्रणालीमा काम गर्दै आएको ‘वल्र्ड कंग्रेश इनोभेसन एण्ड टेक्नोलोजी २०२२’ कार्यक्रममा विट्साले अवार्ड दिएको हो ।

विगत २२ वर्षदेखि प्रदान गर्दै आएको ल्लोबल आइसिटि एक्सिलेन्स अवार्डका निम्ति विट्साले आफ्नो प्रतिनिधित्व रहेको ८० देशमा रहेका सदस्य संस्थाहरुमार्फत् प्रतिस्पर्धाको निमित्त आह्वान गरेको थियो ।

सोही अन्तर्गत गत मार्च २३ मा विट्साले गरेको अवार्ड आह्वानमा ‘खल्ती’ले पनि निवेदन दिएको थियो । विभिन्न संस्थाबाट आवेदन पुगेकोमा नतिजाका लागि प्रविधि, सूचना तथा सञ्चार विज्ञलाई निर्णायकका रूपमा राखेर विट्साले नतिजाको तयारी गरि ‘खल्ती’लाई दिएको जनाएको छ ।

डिजिटल अपर्चुनिटीइन्क्लुजन अवार्डमा ८० भन्दा बढि देशका प्रतिनिधिहरू सहभागी भएका थिए । कायक्रर्म मलेसियामा सेप्टेम्बर १३ देखि १५ सम्म आयोजना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.