ग्रील तथा स्टील व्यवसायी संघले हस्तान्तरण गर्यो ७ लाख रुपैयाँ बढीको औजारहरू

  २०७९ भदौ ३० गते १९:३३     विकासन्युज

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंले बाग्मती सभ्यता एकीकृत विकास समितिलाई करिब ७ लाख ४० हजार बराबरको औजारहरु र बिरुवा संरक्षण गर्ने जाली हस्तान्तरण गरेको छ । संघले भदौ ३० गते काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डङ्गोलमार्फत बाग्मती सफाई अभियानमा आवश्यक पर्ने उक्त सामाग्री हस्तान्तरण गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी उपमेयर डङोलले काठमाडौंलाई सफा स्वच्छ हराभरा राख्ने कार्यमा ग्रील व्यवसायीहरुद्वारा प्रदान गरिएको औजारले ठूलो सहयोग पुग्ने बताइन् । साथै, उनले काठमाडौं महानगरपालिका भित्र संचालित सबै ग्रील उद्योगलाई बिना झन्झट सहज किसिमले कानुनी दायरामा ल्याउन आफुले सहयोग गर्ने बताइन् ।

उक्त सामाग्रीहरु ग्रहण गर्दै समितिका कार्यकारी अध्यक्ष उद्धबप्रसाद तिमल्सिनाले ग्रील व्यवसायीहरुबाट प्राप्त उपकरणको प्राथमिकताका आधारमा काठमाडौंको विभिन्न भागमा प्रयोग गर्ने बताउँदै आगामी दिनमा पनि सहकार्य गर्न आग्रह गरे ।

कार्यक्रममा ग्रील तथा स्टील व्यवसायी संघका केन्द्रीय अध्यक्ष मोहन कटुवालले देशभरी झण्डै ११ भन्दा बढी ग्रील उद्योग व्यवसायी रहेको र वार्षिक ६० अर्ब बराबरको कारोबार गर्ने यो क्षेत्रका व्यवसायीहरुले सामाजिक उत्तरदायित्व पूरा गर्दै जाने बताए । त्यस्तै, देशमा आइपर्ने दैवीप्रकोप बाढी पहिरोबाट प्रभावित भुकम्पबाट प्रभावित र कोभिड १९ बाट प्रभावितहरुलाई महासंघमा आबद्द जिल्लाहरुले र महासघले राहत सामाग्रीहरु वितरण गर्दै आइरहेको बताए ।

कार्यक्रमका सभापती काठमाडौ जिल्ला अध्यक्ष यज्ञदास श्रेष्ठले काठमाडौ जिल्ला अन्तर्गत पर्ने क्षेत्रीय समिती र इकाइ समितिका ग्रील व्यवसायी सदस्यहरुले स्वतस्फूर्त रुपमा औजारहरु उपलब्ध गराएको बताउँदै आगामी दिनमा पनि संघले यस्ता सामाजिक कामहरु गर्दै जाने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.