२०७९ भदौ ३० गते १३:४० विकासन्युज
कमलपोखरी । पहिलो आइएनजी फुटसल टोर्नामेन्ट २०७९ को उपाधी हेराल्ड र इस्लिङटल कलेजले हात पारेका छन् । टोर्नामेन्टको पुरुषतर्फ हेराल्ड र महिलातर्फ इस्लिङटल कलेजले उपाधी हात पारेको हो ।
विजेता टिमले सम्मान पत्र, पदक र ट्रफीसँगै एक(एक लाख नगद पुरस्कार पाएका छन् ।
कर्मचारीलाई प्रोत्साहन गर्न आइएनजी ग्रुपले ‘पहिलो आइएनजी फुटसल टोर्नामेन्ट २०७९’ गरेको जनाएको छ । उक्त टोर्नामेन्टमा आइएनजी ग्रुपअन्तर्गत रहेको विभिन्न ७ वटा कम्पनीबाट ४१ वटा टोली सहभागि थिए ।
प्रतियोगितामा सहभागी कुल ४१ टोलीमध्ये ३१ पुरुष टोली र बाँकी १० महिला टोली थिए । फुटसल प्रतियोगिताको ग्रान्ड फिनाले महाराजगंजस्थित डुकु फुटसल हबमा भएको थियो ।
प्रतियोगिताको फाइनलमा पुरुष टोलीमा हेराल्ड कलेजले इएनजी स्किललाई हराउँदै उपाधि हात पारेको थियो । त्यस्तै, महिला टोलीतर्फ इस्लिङ्टन कलेजले आइएनजी स्किललाई पराजित गर्दै उपाधि हात पारेको थियो ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.