६० हजार बढी उद्योगले कर्मचारीलाई दिन्छन् वार्षिक एक खर्ब सात अर्ब ८९ करोड तलब

  २०७९ भदौ २९ गते १८:५३     विकासन्युज

रङ्गेली । राष्ट्रिय औद्योगिक सर्वेक्षणको प्रदेशस्तरीय नतिजा सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज विराटनगरमा प्रदेशस्तरीय नतिजा सार्वजनिक गरेको हो ।

नतिजा सार्वजनिक गर्दै विभागका निर्देशक विनोदशरण आचार्यले प्रदेश १ मा १२ हजार दुई सय २५ उद्योग प्रतिष्ठान रहेको जानकारी दिए उनका अनुसार देशभर ६० हजार एक सय ८५ औद्योगिक प्रतिष्ठान रहेका छन् ।

सबैभन्दा बढी बागमती प्रदेशमा १८ हजार तीन सय ३३, लुम्बिनी प्रदेशमा १० हजार पाँच सय आठ, मधेस प्रदेशमा सात हजार दुई सय ७९, गण्डकी प्रदेशमा छ हजार आठ सय १८, सुदूरपश्चिममा तीन हजार तीन सय ८७ र कर्णाली प्रदेशमा एक हजार छ सय ३५ वटा उद्योग प्रतिष्ठान छन् ।

देशभरका उद्योग प्रतिष्ठानले तीन लाख ८१ हजार छ सय ८७ जनालाई प्रत्यक्ष रोजगारी दिएको सर्वेक्षणले देखाएको छ । यी उद्योग प्रतिष्ठानले वार्षिकरूपमा रु एक खर्ब सात अर्ब ८९ करोड २६ लाख ३३ हजार तलब भत्ताबापत भुक्तानी गरिरहेको सर्वेक्षणले देखाएको छ ।

औद्योगिक सर्भेक्षण २०७६ सालमा सुरु गरिए पनि कोरोना महामारीका कारण २०७८ मा मात्रै सम्पन्न भएको निर्देशक आचार्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.