नेपाल ट्रान्जिट तथा वेयरहाउजिङको अध्यक्षमा पन्त, निजी क्षेत्रलाई आकर्षित गर्ने प्रतिबद्धता

  २०७९ भदौ २८ गते १९:५१     विकासन्युज

काठमाडौं । नेपाल ट्रान्जिट एण्ड वेयरहाउजिङ कम्पनीको अध्यक्षमा छपिराज पन्त नियुक्त भएका छन् । मन्त्रिपरिषदको बैठकले उनलाई सो कम्पनीको अध्यक्षका रुपमा नियुक्त गरेको हो ।

सरकारी स्वामित्वको उक्त कम्पनीको अध्यक्षको रुपमा उनले मंगलबार सपथ पनि लिएका छन् । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेयबाट उनले सपथ लिएका हुन् ।

बैंकिङ क्षेत्रमा ३ दशक लामो अनुभव हासिल गरिसकेका उनी नेपाल एसबिआई बैंकका सल्लाहकार पनि हुन् । उनले सो बैंकबाट अवकास पनि पाएका हुन् । उनीसँग करिब ५ वर्ष सरकारी बैंकमा काम गरेको अनुभव पनि छ । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन् ।

नव नियुक्त अध्यक्ष पन्तले सफ्टवेरको प्रयोग, कर्मचारीहरुलाई अन्तर्राष्ट्रिय स्तरको क्षमता अभिवृद्धि तथा निजी क्षेत्रलाई यस क्षेत्रमा आकर्षित गर्नका लागि आफुले महत्वपूर्ण पहल गर्ने बताए । विभिज्न गोदाम तथा बन्दरगाहहरुलाई इनोभेट गर्नका लागि पनि काम गर्ने उनको भनाइ छ ।

नेपाल ट्रान्जिट एण्ड वेयरहाउजिङ कम्पनी लिमिटेड नेपाल सरकारको एक मात्र सार्वजनिक क्षेत्रको संस्था हो । जसले पारवहन यातायात, गोदाम र लजिस्टिक सञ्चालनको हेरचाह गर्छ । यस कम्पनीले कोलकत्ता, हल्दिया र नेपाल सीमानाको बन्दरगाहको बीचमा सामानको ट्रान्जिट आवागमनको संरक्षकको रूपमा काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.