गृह मन्त्रालयले माग्याे १ लाख १५ हजार म्यादी प्रहरी

  २०७९ भदौ २६ गते १२:५८     विकासन्युज

काठमाडौं । गृह मन्त्रालयले  आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि  १ लाख १५ हजार म्यादी प्रहरी मागेको छ । आइतबार सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले भदौ ३० देखि असोज ६ गतेभित्र १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेका व्यक्ति म्यादी प्रहरीको लागि मागेको हो ।

म्यादी प्रहरीको सेवा अवधि ४० दिनको हुनेछ । आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदै छ ।

यसको लागि भदौ ३० गतेदेखि असोज ६ गतेसम्म जिल्ला प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरसँगै सबै जिल्ला प्ररही कार्यालयमा आवेदन दिनुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.