भेन्चर कम्पनीमा साढे ६ करोड लगानी गर्दै इमर्जिङ्ग नेपाल

  २०७९ भदौ २६ गते १२:२४     विकासन्युज

काठमाडौं । इमर्जिङ्ग नेपालले इमर्जिङ्ग भेन्चर लिमिटेड कम्पनीमा ६ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँको दरले ६ लाख ५० हजार कित्ता सेयरमा सो मात्राको लगानी गर्न कबुल गरेको हो ।

इमर्जिङ्ग नेपालले भदौ २६ गते एक सूचना जारी गर्दै सो जानकारी गराएको हो ।

इमर्जिङ्ग नेपालका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश बेल्वासेका अनुसार सो लगानीको रकम भेन्चर कम्पनीले माग गरेपश्चात मात्रै भुक्तानी गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.