सांग्रिला डेभलपमेन्टका सीईओ श्रेष्ठले सम्हाले दोश्रो कार्यभार

  २०७९ भदौ १९ गते १९:१८     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले दोश्रो कार्यकाल सम्हालेका छन् । सीईओमा पुनः नियुक्त श्रेष्ठले भदौ १९ गतेबाट थप ४ वर्षको कार्यभार सम्हालेका हुन् ।

उनलाई भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

साथै, बैंकले सांग्रिला कस्टुमर केयर शुभारम्भ गरेको जानकारी गराएको छ ।

बैंकले हाल ११२ शाखा कार्यालयहरु र ३१ एटीएम मार्फत ग्राहकलाई बैंकिङ्ग सेवा दिँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.