नेपाल म्यानमार चेम्बरको नयाँ कार्यसमिति चयन, अध्यक्षमा अग्रवाल

  २०७९ भदौ २ गते १७:३४     विकासन्युज

काठमाडौं । नेपाल म्यानमार उद्योग वाणिज्य संघले व्यवसायी शिवकुमार अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

बुधबार सम्पन्न संघको १२ औं साधारण सभाले अग्रवाललाई अध्यक्षमा पुनः निर्वाचित गरेको हो भने संघको वरिष्ठ उपाध्यक्षमा रतनलाल केडिया र उपाध्यक्षमा मोहनवीर थापा निर्विरोध निर्वाचित भएका छन् । यस्तै, महासचिवमा सुभाषकाजी श्रेष्ठ, सचिवमा अमृत खड्का तथा कोषाध्यक्षमा लक्ष्मीप्रसाद सुवेदी निर्विरोध निर्वाचित भएका हुन् ।

संघको सदस्यहरुमा पवनकुमार अग्रवाल, मोहनलाल दारुका, रामचन्द्र खेतान, राज लामा, प्रदीपकुमार रुंगटा, सृजना सुवेदी र मुकुन्दप्रसाद तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् ।

कार्यक्रममा नेपालका लागि म्यानमारका राजदूत यु सेन ओले म्यानमारको यांगुनबाट नेपाल उडान गर्ने तयारी तीव्र गतिमा भइरहेको जानकारी दिए । साधारणसभालाई सम्बोधन गर्दै उनले याङ्गुनदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म उडान सञ्चालनका लागि म्यानमार सरकारलाई प्रस्ताव पठाइएको बताए ।

म्यानमारका लागि प्रस्तावित नेपाली राजदूत हरिशचन्द्र घिमिरेले दुई देशबीच सांस्कृतिक, व्यापारिक र भाषिक सम्बन्ध विकास गर्ने प्रचुर सम्भावना रहेको बताए । उनले म्यानमारमा रहेका नेपाली दोस्रो ठूलो डायस्पोरा भएको र नेपालको सन्दर्भमा सफ्ट पावरको रुपमा काम गर्न सक्ने बताए ।

निर्यातका लागि जडिबुटी र आयुर्वेदिक औषधि प्रमुख उत्पादन हुन सक्ने उनको भनाइ छ । संघले व्यापार, लगानी र पर्यटन प्रवद्र्धन गर्न दुवै देशका सरकारलाई सीधा हवाई सम्पर्क स्थापना गर्न आग्रह गरेको छ । ‘हामी नेपाल र म्यानमारको व्यापार, लगानी र पर्यटन प्रवद्र्धन गर्न चाहन्छौँ,’ अग्रवालले भने, ‘दुई देशबीच सिधा हवाई सम्पर्क हुनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.