एनएमबि बैंकले ल्यायो नारी लक्षित बचत योजना, क्यास ब्याकसँगै कर्जामा विशेष छुट पाइने

<p>काठमाडौं । एनएमबि बैंकले &#8216;एनएमबि स्मार्ट नारी बचत खाता&#8217; सञ्चालनमा ल्याएको छ । बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिलालाई लक्षित गरी उक्त आकर्षक बचत योजना ल्याएको हो । बैंकले महिलालाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोबारमा सक्रिय बनाउन प्रयास स्वरुप यो योजना ल्याएको हो । यसअन्तर्गत ग्राहकहरूले मेडिकल/स्वास्थ्य जाँचमा गरिने डिजिटल भुक्तानीमा वार्षिक ५ [&hellip;]</p>

काठमाडौं । एनएमबि बैंकले ‘एनएमबि स्मार्ट नारी बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिलालाई लक्षित गरी उक्त आकर्षक बचत योजना ल्याएको हो ।

बैंकले महिलालाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोबारमा सक्रिय बनाउन प्रयास स्वरुप यो योजना ल्याएको हो । यसअन्तर्गत ग्राहकहरूले मेडिकल/स्वास्थ्य जाँचमा गरिने डिजिटल भुक्तानीमा वार्षिक ५ हजारसम्म क्यास ब्याक पाउन सक्नेछन् ।

त्यसैगरी, ग्राहकले निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड, मेरो सेयर, डिम्याट लगायतका सुविधाहरूको फाइदा लिन सक्नेछन् ।

यो योजना अन्तर्गत ग्राहकले रिटेल कर्जा र महिला उद्यमशील कर्जामा कर्जा प्रशाशनिक शुल्कमा ०.२५ प्रतिशतसम्म विशेष छुट पनि प्राप्त गर्न सक्नेछन् ।

बैंकले हाल २०१ शाखाहरु, १३८ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ ।

Share News