नाडा इभि एक्सपोको लागि स्टल बुकिङ खुल्ला

  २०७९ भदौ १ गते १८:५१     विकासन्युज

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नाडा इभि एक्सपोको लागि स्टल बुकिङ खुल्ला गरेको छ । नाडाले असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुन लागेको इभि एक्सपोको लागि बुधबारबाट स्टल बुकिङ खुल्ला गरेको हो ।

यो नेपालमै पहिलोपटक हुन लागेको इभी एक्स्पो हो । इभि एक्सपोका लागि भदौ ५ गते सम्मका लागि स्टल बुकिङ्क खुल्ला गरिएको नाडा इभि एक्स्पो २०२२ समितिका सभापति अनुप बरालले जानकारी दिएका छन् ।

रकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भदौ १४ गतेसम्मको लागि विस्तार गरेपछि नाडाले इभि एक्सपो २०२२ गर्ने निर्णय गरेको हो ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सबैलाई एक्सपोमा सहभागि हुन अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.