अब सहकारीहरुले पनि मासिक रुपमा वित्तीय विवरण सार्वजनिक गर्नु पर्ने

<p>काठमाडौं । अब सहकारीहरुले पनि मासिक रुपमा वित्तीय विवरण सार्वजनिक गर्नु पर्ने भएको छ । सहकारी विभागले सहकारी संस्थाहरुका लागि एकिकृत निर्देशन जारी गर्दै सदस्यहरुको जानकारीका लागि मासिक रुपमा विवरण सार्वजनिक गर्नु पर्ने व्यवस्था गरेको हो । विभागको नयाँ व्यवस्था अनुसार अब सहकारीहरुले मासिक रुपमा संस्थाको सेयर पुँजी, जगेडा कोष, कुल सम्पत्ति, कुल बचत, लगानी, [&hellip;]</p>

काठमाडौं । अब सहकारीहरुले पनि मासिक रुपमा वित्तीय विवरण सार्वजनिक गर्नु पर्ने भएको छ । सहकारी विभागले सहकारी संस्थाहरुका लागि एकिकृत निर्देशन जारी गर्दै सदस्यहरुको जानकारीका लागि मासिक रुपमा विवरण सार्वजनिक गर्नु पर्ने व्यवस्था गरेको हो ।

विभागको नयाँ व्यवस्था अनुसार अब सहकारीहरुले मासिक रुपमा संस्थाको सेयर पुँजी, जगेडा कोष, कुल सम्पत्ति, कुल बचत, लगानी, सेयर सदस्य संख्या, कुल ऋणी, तरलताको रकम र प्रशित, कुल संस्थागत पुँजी र विभिन्न कोषमा रहेको रकम सहितको विवरण सार्वजनिक गर्नु पर्ने भएको हो ।

पछिल्लो समय एकपछि अर्को सहकारी संस्थामा समस्या देखिन थालेपछि विभागले यस्तो व्यवस्था गरेको हो ।

Share News