२०७९ भदौ १ गते ११:०१ विकासन्युज
काठमाडौं । बुधबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलाको ५ सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो ।
आज घटेको मूल्य अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँ र चाँदी १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.