यूनाइटेड इन्स्योरेन्सको वित्तीय सूचक सन्तोषजनक, व्यवसायसँगै ३५% ले बढायो नाफा

  २०७९ साउन ३१ गते १८:१९     विकासन्युज

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी नेपालको गत आर्थिक वर्षको वित्तीय स्थिति सन्तोषजनक देखिएको छ । कम्पनीले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अधिकांश सूचकमा सुधार देखिएको हो ।

गत आवमा कम्पनीले १ अर्ब ५३ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४१.८१ प्रतिशतले बढी हो । जुन आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब १० करोड रुपैयाँ थियो ।

बीमाशुल्क निरन्तर बढ्दै गएकोले कम्पनीले आगामी दिनमा नयाँ सेवा सुविधा शुरु गरी कम्पनीलाई थप वित्तीय रुपमा सबल बनाउने योजना बनाएको छ ।

त्यस्तै, खुद नाफा पनि ३२.५९ प्रतिशतले बढेर १३ करोड ९६ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवमा १० करोड ५२ लाख रुपैयाँ थियो ।
हाल इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १३.५८ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.७७, प्रतिसेयर नेटवर्थ १६०.४० रुपैयाँ र प्रतिसेयर कूल सम्पत्तिको मूल्य ३०३.०१ रुपैयाँ छ ।

त्यस्तै, बीमा कोषको आकार पनि बढेको छ । अघिल्लो आवमा ३५ करोड ४ लाख रुपैयाँ रहेको कम्पनीको उक्त कोषमा गत आवमा ४२ करोड २ लाख रुपैयाँ सञ्चित छ । १ अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोष बढेर १९ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।

हालसम्म इन्स्योरेन्सले १ लाख ३७ हजार बढी बीमालेख जारी गरेको छ भने १५ हजार ५६५ वटा नविकरण गर्न सफल भएको छ ।

त्यसैगरी, कम्पनीले ६९ करोड ४२ लाख रुपैयाँ बराबरको ४ हजार ५१९ वटा दावी भुक्तानी गरेको छ । हालसम्म ७ ह जार ३२४ वटा दावीबाट ९५ करोड ५५ लाख रुपैयाँ भने भुक्तानी गर्न बाँकी रहेको इन्स्योरेन्सले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.