परिक्षा हलमै धमाधम टिकटक बनाउन थालेपछि…

  २०७९ साउन ३० गते १८:४२     विकासन्युज

काठमाडौं । साउन २८ अर्थात् गत शनिबार शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको लागि परीक्षा लिइरहेको थियो । परीक्षा सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलालीको त्रिभुवन मा. वि.,बोराडाँडीमा भइरहेको थियो । परीक्षा हलमा सबै विद्यार्थीहरू लेख्नमै व्यस्त थिए ।

परीक्षा केन्द्रमा परीक्षार्थी संकेत नम्बर २०००८५०७, रोल नम्बर नम्बर ३८७२००३१२३ का परीक्षार्थी विनोद कुमार बम्म भने टिकटक बनाउन व्यस्त थिए । उनले टीककट बनाएको कसैले सुइको समेत पाएनन् ।

तर, जब उनले त्यो भिडियो सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरे त्यसपछि भिडियो भाइरल बन्यो । उनले परीक्षाको मर्यादा विपरित प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडीयो बनाई सामाजिक सञ्जालमा राखेको पाइएको हुँदा शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम २६को उपनियम (१) अनुसार निजको निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको दरखास्त रद्द गर्ने र सोही नियमावलीको नियम ४३ अनुसार आउँदो दुईवर्ष सम्म आयोगबाट सञ्चालन गरीने अध्यापन अनुमतिपत्रको परीक्षा लगायत कुनै पनि प्रतिस्प्रर्धात्मक परीक्षामा सहभागी हुन नपाउने गरी रोक लगाइएको छ ।

पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा भिडियो पोष्ट गर्नकै लागि विद्यार्थीहरुले कक्षा कोठामा पनि भिडियो बनाउन थालेका छन् । भिडियो भाइरल हुन सक्ने रहरले उनीहरुले नियम विपरित भिडियो बनाइरहेका हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.