रिडी र रैराङ हाइड्रोले गरे एकीकृत कारोबार, अब ठूला आयोजनाहरु बनाउन सक्ने

  २०७९ साउन २९ गते १३:५५     विकासन्युज

काठमाडौं । रिडी हाइड्रोपावर र रैराङ्ग हाइड्रोपावर डेभलपमेण्ट कम्पनी मर्ज भई साउन २९ गते (आइतबार) देखि एकीकृत कारोबार शुरु गरेका छन् । आईतवार काठमाडौंमा एक कार्यक्रम गरी रिडी हाइड्रोपावर र रैराङ्ग हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको एकीकृत कारोबार शुरु गरेको हो ।

१ः०.९३ को स्वाप रेसियोमा मर्ज भएका रिडी र रैराङले  रिडी पावर कम्पनीको नामबाट एकीकृत कारोबार गरेका हुन् । दुइ कम्पनी मर्ज पश्चात बनेको कम्पनीको अधिकृत पूँजी २ अर्ब ५० करोड रुपैयाँ र चुक्ता पूँजी १ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।

यस्तै, मर्जर पश्चात् कम्पनीको सीईओमा कुबेर मणी नेपाल र अध्यक्षमा गुरुप्रसाद न्यौपाने रहनेछन् । एकीकृत कारोबार भएपछि कम्पनीको आयोजना संख्या ४ वटा र कर्मचारी संख्या ४० जना पुगेका छन् ।

एकीकृत कारोबार कार्यक्रममा बोल्दै विद्युत नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले जलविद्युतको क्षेत्रलाई कुनैपनि अवस्थामा उचाईमा पुर्याउने बताए । उनले जलविद्युतको विकास गरी उचाईमा पुर्याउन निजी क्षेत्र अगाडि रहेको बताए ।

विद्युत नियमन आयोगलाई जलविद्युत कम्पनीहरुलाई कर छुट दिने अधिकार नभएको बताउँदै अध्यक्ष सिंहले नियमन आयोगले विद्युत निर्माणमा सहुलियत दिन सहयोग गर्ने बताए ।

त्यस्तै, अध्यक्ष सिंहले कुनै स्वार्थमा नलागि काम गर्ने हो भने जलविद्युत क्षेत्रको विकास गर्न सकिने बताए । साथै, दुई वटा विद्युत कम्पनी मिलेर ठूला आयोजनाहरु बनाउन सक्ने समेत उनको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.