२०७९ साउन २७ गते १६:४६ विकासन्युज
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट एकै दिन २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ७८१ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
४ हजार ७१२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ९० जना तथा एन्टिजेन विधिबाट २ हजार ४२२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा ५११ जना निको भएका छन् भने २३ हजार ८०१ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ७७५ पुगेको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.
MR PM SOME PLACES NEED LOCK DOWN PLEASE CLOSED THE SCHOOL.