अर्बपति अडानीको लगानी अब मेटलमा पनि, ५.२ अर्बको लागतमा खोले उद्योग

  २०७९ साउन २७ गते १५:५८     विकासन्युज

काठमाडाैं । भारतका उद्योगपति तथा अर्बपति गौतम अडानीले मेडल उद्योगमान पनि लगानी गर्ने भएका छन् । अडानी इएन्टरप्राइजेजले अब मेटल क्षेत्रमा पनि प्रवेश गर्ने घोषणा गरेको हो । अडानी इन्टरप्राइजेजले कुल ५.२ अर्ब भारतीय रुपैयाँ लगानीमा अल्युमिना रिफाइनरी उद्योग स्थापना गर्न लागेको हो ।

अडानी समुहले गत वर्षको डिसेम्बर महिनामा मुन्द्रा एल्युमिनियम लिमिटेड नामको कम्पनी बनाएको स्थापना गरेको थियो । अडानी समूहले एकपछि अर्को नयाँ क्षेत्रमा लगानी विस्तार गरिरहेको छ । सो समूहले हालै हालै मात्रै दुरसञ्चार क्षेत्रमा पनि प्रवेश गरेको छ । दर्जनौं क्षेत्रमा अडानी समूहको लगानी छ ।

एसियाकै धनी व्यक्ति अडानी विश्वका धनढ्यको सूचीमा चौथो स्थानमा छन् । फोर्ब्सका अनुसार अडानी ११२.६ अर्ब डलरको नेटवर्थका साथ शीर्ष १० अर्बपतिको सूचीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.