२०७९ साउन २६ गते १७:०७ विकासन्युज
काठमाडौं । मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुलाई राम्रो ब्याजदर प्रदान गर्ने नयाँ खाता योजना सञ्चालनमा ल्याएको छ । बैंकले न्यूनतम अवधिमा तेब्बरसम्म प्रतिफल दिने ‘मुक्तिनाथ गज्जब मुद्दती’ खाता संचालनमा ल्याएको हो ।
यो योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९ वर्ष ४ महिना १८ दिनमा प्रतिफल तेब्बर र व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा ८ वर्ष ७ महिना २८ दिनमा तेब्बर हुनेछ ।
त्यस्तै, व्यक्तिगत मुद्दती खातामा ५ वर्ष १० महिना १८ दिनमा प्रतिफल दोब्बर र व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा ५ वर्ष ५ महिना ६ दिनमा दोब्बर हुनेछ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.