२०७९ साउन २६ गते ९:४८ विकासन्युज
काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन/ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ । रातको समयमा देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली तथा प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानमा र बाँकी भू-भागमा एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव छ डिग्री र अधिकतम तापक्रम ३० दशमलव तीन डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव दुई डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३६ दशमलव नौ डिग्री सेल्सियस रहेको छ । रासस
Copyright © 2023 Bikash Media Pvt. Ltd.