समृद्धि फाइनान्सद्वारा नारायणगढ र पोखराका २०० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

  २०७९ साउन २५ गते १८:४१     विकासन्युज

काठमाडौं । समृद्धि फाइनान्सले बुधबार नारायणगढ र पोखरामा शैक्षिक सामाग्री वितरण गरेको छ । फाइनान्सले नारायणगढमा रहेको राष्ट्रिय आधारभूत विद्यालय र पोखरामा रहेकाे बयाली आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको हाे ।

फाइनान्सले २०० जना विद्यार्थीलाई ९०० थान कापी र २०० थान पेन वितरण गरेकाे संस्थाका का.मु. प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी दिए । फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ ।

फाइनान्सले मुद्धति निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधित्तम १०% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ ।

यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.