विभिन्न कोड प्रयोग गरी नेप्सेको डाटा तान्नेको बिगबिगी, मर्कामा लगानीकर्ता

<p>काठमाडौं । पछिल्लो समय नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को वेवसाइटबाट अनधिकृत रुपमा विवरण तान्नेको संख्या बढीरहेको पाइएको छ । बुधबार एक सूचना जारी गर्दै नेप्सेले उसैको साइटबाट कारोबार सम्बन्धी अनधिकृत रुपमा डाटा तान्नेको हावी भइरहेको बताएको हो । ‘नेप्सेको आधिकारिक साइटबाट कारोेबार सम्बन्धी विवरण विभिन्न कोड प्रयोग गरी अनधिकृत रुपमा ठूलो परिमाणमा तान्ने अर्थात डाटा [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को वेवसाइटबाट अनधिकृत रुपमा विवरण तान्नेको संख्या बढीरहेको पाइएको छ । बुधबार एक सूचना जारी गर्दै नेप्सेले उसैको साइटबाट कारोबार सम्बन्धी अनधिकृत रुपमा डाटा तान्नेको हावी भइरहेको बताएको हो ।

‘नेप्सेको आधिकारिक साइटबाट कारोेबार सम्बन्धी विवरण विभिन्न कोड प्रयोग गरी अनधिकृत रुपमा ठूलो परिमाणमा तान्ने अर्थात डाटा एक्स्ट्रायाक गर्ने प्रयास निरन्तर भइरहेको हुँदा नेप्सेको वेबसाइटमा विवरण हेर्न खोज्नेको संख्या बढेको छ,’ उक्त सूचनामा उल्लेख छ ।

जसले गर्दा सर्वसाधारण प्रयोगकर्तालाई असुविधा पुग्न गएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए । साथै, यस्ता कार्य रोकथाम गर्न नेप्सेले विभिन्न प्रयास गरिरहेको जानकारी गराउँदै उनले आगामी दिनमा पनि यस्ता कार्य गर्नेलाई कानुनी कारवाहीको प्रक्रियामा जान नेप्से बाध्य हुने बताए ।

साथै, हाल नेप्सेले आधिकारिक रुपमा एपीआई मार्फत धितोपत्रको कारोबार राफसाफ तथा फछ्र्यौट प्रयोजनको लागि सिडिएस एण्ड क्लियरिङलाई मात्र तथ्यांक उपलब्ध गराउँदै आएको जानकारी गराएको छ ।

Share News