२०७९ साउन २५ गते १५:०९ विकासन्युज
काठमाडौं । हिमालन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ । बुधबार मात्रै दोश्रो बजारमा भित्रिएको इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर ४५९.५० रुपैयाँमा झरेको हो ।
जुन नेप्सेले पहिलो कारोबारको लागि तोकिदिएको रकमभन्दा प्रतिकित्ता ५०.९८ रुपैयाँले घटी हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ५१०.४८ रुपैयाँ तोकिदिएको थियो ।
तर, कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ५०९.६० रुपैयाँमा भयो । त्यसपछि दिनभरको कारोबारमा कम्पनीको सेयर मूल्य निरन्तर रुपमा घट्यो ।
पहिलो दिनको कारोबारमा कम्पनीको १ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । २९२ पटकको कारोबारमा कूल ३९ हजार ९३५ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.